आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील | Khabarhub Khabarhub

आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।

शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् ।

शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता  निराधार भएको बताए ।

तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ५९ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु