भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै | Khabarhub Khabarhub

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ ।

अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।

अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ३ : २० बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का