भारतमा हालसम्म ३ करोड २४ लाख बढीमा कोरोना भाइरसको संक्रमण  « Khabarhub

भारतमा हालसम्म ३ करोड २४ लाख बढीमा कोरोना भाइरसको संक्रमण 


६ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म ३ करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ३४ हजार ३६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९४२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमित रहेको कूल व्यक्तिको सङ्ख्या अझै तीन ५३ हजार ३९८ छ ।

भारतमा पछिल्लो १५३ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड सङ्क्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको सङ्ख्या ३८ हजार ४८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  ७ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको