मेकअप गर्दा हुनसक्ने यी गल्ती « Khabarhub

मेकअप गर्दा हुनसक्ने यी गल्ती


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरित हुनसक्छ ।

कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ ।

१. मेकअप पखाल्ने
जहिल्यै पनि मेकअप गरेको अनुहार सुत्ने बेलामा अनिवार्य पखाल्नु पर्दछ । दिनभरको जस्तोसुकै व्यवस्था वा थकान भए पनि मेकअप सफा नगरी सुत्दा अनुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

२. म्याद नाघेका सामाग्री
कहिल्यै डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग गर्नु हुदैँन । हरेक ब्युटि प्रोडक्टमा एक्सपायर मिति उल्लेख गरीएको हुन्छ । त्यसलाई सोही मितिभित्र प्रयोग गरिसक्नु पर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ ।

३. मेकअप ब्रसको सफाई
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाई गर्नुपर्छ । मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । यसैले यसको सफाई आवश्यक छ ।

४. अनुहार छुने
अधिकाशं महिलाले जानेर वा अन्जानमा आफ्नो अनुहार छोईरहन्छन् । हरेक समय अनुहारमा हातले छोईरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । त्यसैले यो गल्ती गर्नु हुदैँन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ०४ बजे

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान