बजेट समाजवाद उन्मुख हुन्छः नेता श्रेष्ठ « Khabarhub

बजेट समाजवाद उन्मुख हुन्छः नेता श्रेष्ठ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् ।

प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने “गएको एक वर्षलाई समृद्धिको आधारवर्षमा रुपमा लिएका थियौं त्यो सफल भयो । अब आउने बजेट समाजवाद उन्मुख समृद्धि तिर अघि बढ्छ, चुनावी घोषणापत्र अनुसार जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता वृद्धि हुन्छ ।”

जिल्ला कमिटीका एकीकृत सदस्यहरुको औपचारिक सपथ ग्रहण गर्ने कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्के लगतै बजेटका विषयमा वृहत छलफल हुने बताए । बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्याय सहितको हुने उनले बताए ।

नेकपा सरकारले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउन खोजेको हो भन्ने प्रश्नमा विधेयक पेश गर्दैमा त्यो कानून नहुने बताउँदै, जे विधेयकमा छ त्यही पारित नहुने उनले बताए । सरकार र नेकपा सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले बताए । बुढीगण्डकी परियोजनाको क्षमता किन घटाउन खोजेको भन्ने प्रश्नमा प्रस्तावित योजना अनुसार नै सरकार अगाडि बढीरहेको उनले बताए । मुआब्जा वितरण कार्य तदारुकता साथ अगाडि बढाउनुपर्ने उनले बताए ।

नेकपा जिल्ला पार्टी कमिटी सदस्यहरु सपथ ग्रहण तथा पूर्ण बैठक कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा साँसद हरिराज अधिकारी, केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्य, कृष्ण धिताल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका मन्त्री रामशरण बस्नेत लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने