पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित « Khabarhub

पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा बुधबार सुरु भएको पारालोम्पिकमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ । तर खेलाडी भने सहभागी छैनन् । बीबीसीका अनुसार अफगानिस्तानबाट दुईजना खेलाडी पारालोम्किका लागि छनौट भएका थिए । तर, अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरु सो प्रतियोगितामा सहभागी हुन नपाएका हुन् ।

जाकिया खुदादादी और होशनी रसौलीलाई पारातेक्वान्दोमा प्रतिनिधित्व गर्न पठाइँदै थियो । तर तालिबानको कब्जापछि उनीहरुले देश छाड्न पाएनन् । तर अन्तर्राष्ट्रिय पारालोम्पिक कमिटीले ती दुई खेलाडीलाई सुरक्षित निकालिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय पारालोम्पिक कमिटीका एक प्रवक्ता क्रेग स्पेंसले उनीहरुलाई अफगानिस्तानबाट निकाल्ने प्रयास गरिएको र उनीहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएका छन् । तर उनीहरु हाल कहाँ छन् भन्ने विषयमा भने उनले नखुलाएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार जाकियाले जापान पारालोम्पिकमा सहागी हुने पहिलो अफगान महिला खेलाडी बन्ने थिइन् । तर, उनी सहभागी हुन पाइनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : ५६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको