पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित « Khabarhub

पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा बुधबार सुरु भएको पारालोम्पिकमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ । तर खेलाडी भने सहभागी छैनन् । बीबीसीका अनुसार अफगानिस्तानबाट दुईजना खेलाडी पारालोम्किका लागि छनौट भएका थिए । तर, अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरु सो प्रतियोगितामा सहभागी हुन नपाएका हुन् ।

जाकिया खुदादादी और होशनी रसौलीलाई पारातेक्वान्दोमा प्रतिनिधित्व गर्न पठाइँदै थियो । तर तालिबानको कब्जापछि उनीहरुले देश छाड्न पाएनन् । तर अन्तर्राष्ट्रिय पारालोम्पिक कमिटीले ती दुई खेलाडीलाई सुरक्षित निकालिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय पारालोम्पिक कमिटीका एक प्रवक्ता क्रेग स्पेंसले उनीहरुलाई अफगानिस्तानबाट निकाल्ने प्रयास गरिएको र उनीहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएका छन् । तर उनीहरु हाल कहाँ छन् भन्ने विषयमा भने उनले नखुलाएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार जाकियाले जापान पारालोम्पिकमा सहागी हुने पहिलो अफगान महिला खेलाडी बन्ने थिइन् । तर, उनी सहभागी हुन पाइनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : ५६ बजे

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा