लाहोर- अमेरिकाले पाकिस्तानको सैन्य आधारहरु तथा हवाई क्षेत्र प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले पाकिस्तानी सरकारसँग स्पष्टीकरण मागेको छ ।
जमात ए इस्लामीका अध्यक्ष सिरज उल हकले प्रधानमन्त्री इमरान खान समक्ष अमेरिकी भनाइप्रति स्पष्टीकरण मागेका हुन् । प्रधानमन्त्री खानको सरकारले जेनरल परभेज मुसरफको गल्ति दोहोर्याए ठूलो संकट निम्तिने हकले चेतावनी दिएका छन् ।
पाकिस्तानले अन्य मुलुकको युद्धमा सहभागी भएर असी हजार जनाको ज्यान गुमाएको साथै सय अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार क्षति भएको उनले टिप्पणी गरे ।
जेनरल परभेज मुसरफको नीति भन्दा फरक गर्ने दाबी गरेपनि प्रधानमन्त्री इमरान खानको सरकारले सुरुवाति पहिलो तीन वर्षमै संकटमा फसेको हकले टिप्पणी गरे ।
वर्तमान सरकारले निम्त्याएको समस्या समाधान गर्न आगामी पुस्तालाई धेरै गाह्रो हुने उनले बताए । वैदेशिक युद्ध तथा सैन्य गतिविधिमा संलग्न हुँदा आन्तरिक सुरक्षा खतरा हुने भन्दै हकले प्रधानमन्त्री खानको आर्थिक व्यावस्थापकले आर्थिक समृद्धिको झुटो प्रतिबद्धता गरेको स्टेट बैंक अफ पाकिस्तानको रिपोर्ट उल्लेख गरे ।
साथै प्रधानमन्त्री खान नेतृत्वको सरकारले भारी मात्रामा लिएको वैदेशिक ऋणबारे सार्वजनिक गर्न जमात ए इस्लामी नेता हकले माग गरेका छन् ।
प्रतिक्रिया