बलिउडमा सलमानको ३३ वर्ष पुरा | Khabarhub Khabarhub

बलिउडमा सलमानको ३३ वर्ष पुरा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘दबंग’का रुपमा परिचित अभिनेता सलमान खान फ्यानका मनपर्ने स्टारमध्ये एक हुन् । सलमानको बलिउड यात्रा ३३ वर्ष पुरा भएको छ ।

मानिसहरु उनको अनुहार हेर्न घण्टौं पर्खन्छन् । तर एक समय थियो, जुन बेला सलमानलाई फिल्ममा एउटा सानो भूमिका पाउनका लागि घण्टौं लाइनमा लाग्नुपथ्र्यो । त्यो समयमा उनलाई कसैले चिन्दैन थिए ।

सलमानले फिल्ममा अभिनय गर्नकै लागि कैयौं निर्माताको कार्यालय धाए । त्यही समयमा निर्देशक जेके बिहारी फिल्म ‘बीवी हो तो ऐसी’ बनाउने तयारीमा थिए । फिल्ममा प्रमुख भूमिकामा रेखा र फारुख शेखलाई लिए ।

यो फिल्ममा एउटा यस्तो भूमिका पनि थियो, जुन भूमिकामा कोही कलाकार अभिनय गर्न चाहदैन थिए । जोकोहीले त्यो भूमिकालाई अस्वीकार गरेका थिए । फिल्ममा रेखाको देवर बन्नुपर्ने भूमिका थियो । जसका लागि निर्माताले कम पैसा दिइरहेका थिए ।

निकै प्रयासपछि पनि कलाकार नभेटेपछि निर्माताले यो भूमिका कुनै संघर्षरत कलाकारलाई दिने निर्णय लिए । त्यही बेला उनको कार्यालयमा सलमान पुगेका थिए । त्यसपछि उनको भाग्य बद्लियो ।

सलमानलाई देखेर निर्देशक जेके बिहारी खुशी भए र विना सोधपुछ भूमिकाको लागि प्रस्ताव गरे । ‘तिमीलाई काम मिल्यो, रेखाको देवरको भूमिका निभाउनुपर्छ । गर्न सक्छौं ? भोलि आएर साइनिङ एमाउण्ट लिएर जानु, भोलि नै सुटिङको मिति पनि बताउनेछु’, जेकेले सलमानलाई भनेका थिए । फिल्म रिलिज भएपछि कसैले पनि उनको भूमिका प्रति ध्यान दिएनन् ।

यो फिल्म पछि सलमानले दोस्रो फिल्ममा अभिनय गर्न निकै लामो समय पर्खिनुपर्यो । उनले दोस्रो फिल्म ‘मैंने प्यार किया’मा अभिनेत्री भाग्यश्रीसँग अनस्क्रिन रोमान्स गरे । यो फिल्ममा उनीहरुको केमेष्ट्रीलाई दर्शकले मनपराए । फिल्म सुपरहिट भयो । त्यसपछि सलमानले पछाडि फर्केर हेर्नुपरेन ।

सलमान हालका दिनमा फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् । उनी पछिल्लो पटक फिल्म ‘राधे’मा देखिएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ११ : ४७ बजे

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १००

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि