तालिबानको डरले गायन छोडी तरकारी व्यापार « Khabarhub

तालिबानको डरले गायन छोडी तरकारी व्यापार


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– करिब २० वर्षपछि अफगानिस्तानलाई तालिबानले पुनः आफ्नो नियन्त्रणमा लिएको छ । तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा रहेका मानिसहरु डराइरहेका छन् । उनीहरु जति सक्दो चाँडो अफगानिस्तान छोड्न चाहन्छन् ।

यतिबेला अफगानिस्तानका एक प्रख्यात गायक हबीबुल्लाह शबाबको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा उनी तरकारी बेच्दै गरेको देख्न सकिन्छ । तस्वीरमा तालिबानले कब्जा गरेपछि हबीबुल्लाहले गायन पेशालाई छोडेर तरकारी बेच्न थालेको उल्लेख गरिएको छ ।

असवाका न्यूज एजेन्सी नामको ट्वीटर हेण्डलमा गायकको तस्वीर शेयर गरिएको छ । जसमा उनी कालो रंगको कपडामा देखिएका छन् । उनको अगाडि धेरै तरकारी देखिन्छ । तस्वीरमा उनको छेउमा एक बच्चा पनि देखिन्छ ।

हबीबुल्लाह अफगानिस्तानको हेलमान्द प्रान्तमा बस्छन् । असवाकासँगको कुराकानीमा उनले अबको बाँकी समय गायन पेशालाई छोडेर सानो तरकारी पसल चलाउने उल्लेख गरेका छन् ।

तालिबानको कब्जापछि केही नाम चलेका कलाकारले अफगानिस्तान छोडिसकेका छन् । कतिपयले आफ्नो आफन्त गुमाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ३१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि