५० वर्षमाथिकालाई आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै « Khabarhub

५० वर्षमाथिकालाई आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आजदेखि कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईंदैछ।

भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका ५० वर्ष वा सोभन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डोज दिइनेछ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दोस्रो डोज दिइनेछ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने कार्यालयले जनाएको छ।

काठमाडौँका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ। राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दोस्रो डोज लगाउन सकिने कार्यालयले जनाएको छ।

पहिलो डोज खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर लगेर खोप लगाउन जान कार्यालयले अनुरोध गरेको छ। दोस्रो डोजको भेरोसेल खोप भदौ १३ गतेसम्म लगाइनेछ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ०७ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये