५० वर्षमाथिकालाई आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै « Khabarhub

५० वर्षमाथिकालाई आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आजदेखि कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईंदैछ।

भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका ५० वर्ष वा सोभन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डोज दिइनेछ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दोस्रो डोज दिइनेछ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने कार्यालयले जनाएको छ।

काठमाडौँका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ। राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दोस्रो डोज लगाउन सकिने कार्यालयले जनाएको छ।

पहिलो डोज खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर लगेर खोप लगाउन जान कार्यालयले अनुरोध गरेको छ। दोस्रो डोजको भेरोसेल खोप भदौ १३ गतेसम्म लगाइनेछ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ०७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम