गाई मारेको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

गाई मारेको आरोपमा एक पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ ।

गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जिल्लाको खप्तडछान्ना गाँउपालिका–५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो ।

आग्रीले खप्तडछान्ना–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका आग्रीमाथि यही भदौ ८ गते गाई चोरी गरी र मारेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ४३ बजे

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र