ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने « Khabarhub

ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाउनेको मात्र भिसा नवीकरण हुने जनाएको छ ।
ओमानमा कोरोना भाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोप लगायतका विषयमा पत्रकार सम्मेलन गरी नयाँ निर्णय सार्वजनिक गरेको हो ।

यस्तै, कमिटीका अनुसार २०२१ को जनवरीदेखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्म निःशुल्क थप्न सकिने छ भने नेपालमा रहेकाले आरओपीको वेबसाइटबाट भिसा नवीकरण गर्न जनाएको छ ।

ओमान बाहिर बसेको ६ महिना भन्दा बढी अवधि भएको छ भने रोजगारदाता मार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ ओमान प्रवेश गर्ने नेपालीको लागि नयाँ नियम :

यसैगरी, सेप्टेम्बरदेखि ओमान प्रवेश गर्ने नेपाली यात्रुहरुले त्यहाँको सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा जोनसन एण्ड जोनसन बाहेक लगाएको हुनुपर्नेछ । अन्तिम खोप यात्रा गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि लगाएको हुनुपर्ने दूतावासले जनाएको छ ।

ओमानले फाइजरबायोनटेक, अक्स्फोर्डअस्ट्राजेनेका, गमालेया स्पुतनिक भी, मोडेर्ना, कोभिसिल्ड (भारतमा बनेको), सिनोभ्याक(कोरोनाभ्याक), सिनोफार्म(भेरोसेल) र जोनसन एण्ड जोनसन गरी आठ कम्पनीका खोपलाई मान्यता दिएको छ ।

यात्रा गर्नुपूर्व सबै यात्रुले ट्यारासुद प्लस मोबाइल एप डाउनलोड गरि आफ्नो अन्य विवरण लगायत क्यूआर कोडसहितको खोप लगाएके प्रमाण तथा पीसीआर प्रमाण पत्र समेत अपलोड गर्नुपर्ने दूतावासले जनाएको छ ।

उडान पूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरुले क्वारेनटाइन बस्नुपर्ने छैन ।

थप केही समस्या भएमा वा केही बुझ्नुपरेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ११ बजे

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र