दही खाँदा हुने फाइदा « Khabarhub

दही खाँदा हुने फाइदा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपालीले भोजनमा दहीको समावेश गर्दछन् । यसको स्वाद संगै यसबाट प्राप्त हुने स्वास्थ्य धेरै छन् । दहीको सेवनले शरीरमा धेरै प्रकारको लाभहरु मिल्दछ । दहीमा प्रचुर मात्रामा क्याल्सियम, सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ ।

दही सेवनका फाइदा  ः
१. पाचनमा लाभ
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियामा लाभ पुर्याउँछ । चिसो हुने भएकाले दहीको सेवनले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२. स्वस्थ मुटु
नियमित दही खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ । दहीले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्दछ ।

३. प्रतिरोधी क्षमता बढाउँछ
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

४. दाँत र हड्डी बलियो
दहीमा पाइने क्याल्सियम र फोस्फरसले दाँत र हड्डी बलियो बनाइ रोग लाग्न दिदैँन ।

५. छालाको स्याहार
घरेलु फेस प्याकमा दहीको प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्दछ ।

६. चायाँ हटाउँछः
दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

७. तौल घटाउँछ
दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

८. तनाव र चिन्ताबाट राहत
दहीको सेवनले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । यसले मष्तिकको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै