दही खाँदा हुने फाइदा « Khabarhub

दही खाँदा हुने फाइदा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपालीले भोजनमा दहीको समावेश गर्दछन् । यसको स्वाद संगै यसबाट प्राप्त हुने स्वास्थ्य धेरै छन् । दहीको सेवनले शरीरमा धेरै प्रकारको लाभहरु मिल्दछ । दहीमा प्रचुर मात्रामा क्याल्सियम, सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ ।

दही सेवनका फाइदा  ः
१. पाचनमा लाभ
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियामा लाभ पुर्याउँछ । चिसो हुने भएकाले दहीको सेवनले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२. स्वस्थ मुटु
नियमित दही खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ । दहीले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्दछ ।

३. प्रतिरोधी क्षमता बढाउँछ
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

४. दाँत र हड्डी बलियो
दहीमा पाइने क्याल्सियम र फोस्फरसले दाँत र हड्डी बलियो बनाइ रोग लाग्न दिदैँन ।

५. छालाको स्याहार
घरेलु फेस प्याकमा दहीको प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्दछ ।

६. चायाँ हटाउँछः
दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

७. तौल घटाउँछ
दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

८. तनाव र चिन्ताबाट राहत
दहीको सेवनले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । यसले मष्तिकको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १ : १६ बजे

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान

इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन

काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३