घोचपेजमै उत्रिए प्रचण्ड र ईश्वर पोखरेल « Khabarhub

घोचपेजमै उत्रिए प्रचण्ड र ईश्वर पोखरेल


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एकताको झण्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरुबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका आध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवा संघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ । नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएको कान्तिपुर दैनिकमा खबर छ ।

त्रिवि कर्मचारी परीक्षामा अनियमितता शीर्षकको समाचारमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

‘भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ। थप कागजपत्र हेरेर छानबिन गर्दै छौं।’ अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए।

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ। यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। केन्द्रले छानबिन टोली खटाइसकेको छ। ‘उजुरीपछि टोली बनाएर खटाएका थियौं,’ केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले भने, ‘अख्तियारले फाइलहरू लिएको जानकारी आएको छ, उसको निर्णय कुरेर बसेका छौं।’ अख्तियारको छानबिन प्रक्रिया र निर्णयपछि केन्द्रले थप निर्णय लिने उनले जनाए।

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन्। त्रिवि पदाधिकारीले आफन्तबाहेक पनि भनसुनका आधारमा थुप्रै पहुँचवालाका आफन्तलाई परीक्षामा पास गराएको स्रोतको दाबी छ। कुन पदाधिकारी, कुन विद्यार्थी/कर्मचारीका नेताले कुन प्रतिस्पर्धीलाई पास गराउन सिफारिस गरे भन्ने सूची सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ।

त्यस्तै पत्रिकाले १० दिनमा १० हजार डढेलो, मन्त्रीले कर्मचारीलाई थर्काएकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : २६ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।