बाढीले दुई दर्जन घर डुबान « Khabarhub

बाढीले दुई दर्जन घर डुबान


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लहान– अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन् ।

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए । स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।यसैगरी मैनावती खोलामा आएको बाढीले वडा नं ९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएकोे र मदर्सामा समेत क्षति पुर्याएको छ ।

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए । वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ । पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ५३ बजे

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज