मदनभण्डारी राजमार्ग निर्माण सुरु « Khabarhub

मदनभण्डारी राजमार्ग निर्माण सुरु


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएको छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिएलगत्तै काम अघि बढाइने भएको छ ।

राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेण्डर आह्वान गरिने भएको छ । पहिलो खण्ड मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्म १० किलोमिटरको छ ।

सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले पाएकामा आगामी दुई वर्षमा निर्माण गर्ने गरी संझौता गरेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ ।

दोस्रो धरानदेखि पूर्वतर्फ मोरङको भलुवा खोलासम्म २५ किलोमिटर र तेस्रो खण्ड भलुवादेखि झापाको दमकस्थित बेलडाँगीसम्म २८ किलोमिटर सडक रहेको छ । “हामीले विस्तृत परियोजना प्रतिवेदन तयार गरेर सडक निर्माणको ठेक्का सम्झौता गरिसक्यौँ”, आयोजनका प्रमुख यादवले भने, “वर्षात्को समय सकिनासाथ निर्माण सुरु गर्छौं ।” बहुवर्षीय योजनानुसार यो राजमार्ग बन्न लागेको हो । बेलडाँगीदेखि शान्तिगरसम्म लागत अनुमान तयार हुनासाथ बोलपत्र आह्वान गरिने उनले बताए ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : २० बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का