नेपालको चिया र कफी अब इजरायली बजारमा | Khabarhub Khabarhub

नेपालको चिया र कफी अब इजरायली बजारमा


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- इजरायलले नेपालबाट चिया, कफी, चामललगायतका खाद्यवस्तु लैजाने भएको छ ।

इजरायलले निर्यातयोग्य नेपाली वस्तु तथा उत्पादन आयात गर्न चाहने इजरायलीहरु खोजी गर्ने क्रममा केही आयातकर्ताहरुको पहिचान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुले हालै मात्र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग दूतावासमा भेटेर नेपालबाट चिया र कफीका साथै चामल, दलहन (मास, मुसुरो, चना, राज्मा, बकुल्ला, बोडीलगायतका गेडागुडी) आयात गर्ने बताएका छन् ।

यसैगरी उनीहरुले मसलाजन्य उत्पादनहरु (सुकमेल, अलैँची, दालचीनी, मरिच, टिमुर, अदुवा, आदि) आयात गर्ने ईच्छा देखाएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनीहरुको माग सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघलाई जानकारी गराइएको छ । नेपाली वस्तु तथा उत्पादन इजरायलमा निर्यात गर्नु परे दूतावासमा सम्पर्क गर्न राजदूत शाक्यले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : ५५ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको