प्रदेश २ मा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर « Khabarhub

प्रदेश २ मा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा शैलेन्द्र साहलाई जिम्मेवारी दिइएको छ ।

विजय यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुबै मन्त्रीले सोमबार पदभार ग्रहण गर्ने छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका साहले मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी दिएको बताए । प्रदेश प्रमुखको कार्यालयबाट पनि जानकारी आएको भन्दै जिम्मेवारी हेरफरको पुष्टि गरेका छन् ।

उनले सोमबार पदभार ग्रहण गर्ने भन्दै अर्थ मन्त्री यादवलाई कृषिमा ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ५९ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ