सन्दीपसँगै सिपीएलको ड्राफ्टमा सोमपाल, दीपेन्द्र र रोहित « Khabarhub

सन्दीपसँगै सिपीएलको ड्राफ्टमा सोमपाल, दीपेन्द्र र रोहित


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी – ट्वान्टी फ्रेन्चाईज क्रिकेटको ड्राफ्टमा नेपालका ४ जना खेलाडी अटाएका छन् ।

बुधबार सार्वजनिक भएको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै अन्य तिन जना खेलाडी पनि परेका छन् ।

२०१८ मा विश्वका सबै जसो फ्रेन्चाईज लिगमा आफुलाई अनिवार्य गरेका सन्दीप् लामिछानेसँगै नेपाली राष्ट्रिय टोलीका बलिङ अल राउण्डर सोमपाल कामीसँगै सीपीएलले छानेको विदेशी ५सय३६ खेलाडी मध्ये ब्याटिङ अलराउण्डर दीपेन्द्रसिंह ऐरी र ा्ेहित कुमार पौडेल पनि अटाएका हुन् ।

नेपालबाट सिपीएल खेल्ने पहिलो खेलाडी बनेका सन्दीले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा ५३६ बिदेशी खेलाडीले परेका छन् ।

सन्दीपले  अन्य लिगगहरुमा राम्रो प्रदर्शन गर्दा नेपाली टोलीका अन्य खेलाडीहरुले पनि स्थान पाएको क्रिकेट जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : १६ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर