नेपाललाई एनआरएनए अमेरिकाले दियो ३ करोड १६ लाख बराबरका स्वास्थ्य सामग्री « Khabarhub

नेपाललाई एनआरएनए अमेरिकाले दियो ३ करोड १६ लाख बराबरका स्वास्थ्य सामग्री


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका-  गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाललाई तीन करोड १६ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अमेरिकी सेक्रेटरी अफ डिफेन्स र एनआरएन अमेरिकाबीच महामारी र विपत्तिमा नेपालीलाई सहयोग गर्ने सहमति भएको दुई सातामै एनआरएनए अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजबाट नेपाल पठाइएको छ ।

एनआरएनए अमेरिकाले अक्सिजन कन्सनटेटर  ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टटर, सी प्याप उपकरण १५ बक्ससहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पठाएको जनाएको छ ।

स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिख नेपाल पुग्नेछ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौँ पुगेका छन् ।

अध्यक्ष सुवेदीले गैरआवासी नेपाली सङ्घ अमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्ने बताएका छन् । हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम छ ।

नेपालमा सामग्री पठाउने वातावरण बनाउन एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले सेक्रेटरी अफ डिफेन्ससँग सम्बन्ध विकास गरी पत्राचार गरेका थिए ।

सेक्रेटरी अफ डिफेन्सका तर्फबाट युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल वीलियम के बेइसिन्जरले काम गरेका थिए । एनआरएनए अमेरिकाको सबै पक्षबाट अनुसन्धान गरेपछि सेक्रेटरी डिफेन्सले नेपाल र नेपालीलाई आपतविपत र महामारीमा सहयोग गर्ने गरी सहमति भएको थियो ।

 

 

सहमति अनुसार अमेरिकी सेनाको विमानले स्वास्थ्य सामग्री ढुवानी गरिदिनेछ । एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी यसलाई महत्त्वपूर्ण सफलता मान्छन् । सुवेदीले भने,“अव एनआरएनए अमेरिकाले आपतविपत र महामारीमा अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगतको सहयोग कार्यक्रमबाट निःशुल्क सहयोग सामाग्री नेपाल पठाउन सक्नेछ ।”

अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निक्कै महँगो भएका कारण यो सहमतिलाई महत्त्वपूर्ण मानिएको हो । सेक्रेटरी डिफेन्सको यो सहयोगलाई अमेरिकामा रहेका नेपाली सङ्घ संस्था र प्रतिष्ठित व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ०१ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा