अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या « Khabarhub

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

राम्दीस्थित बजारभन्दा माथिबाट ठूलाठूला चट्टानसहित पहिरो आएका कारण अवरुद्ध बनेको सडक खुलाउनका लागि डोजरमार्फत ढुङ्गा फुटाउने कार्य भइरहेको तर निरन्तर वर्षाका कारण समस्या उत्पन्न भएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार सडकको बीच भागमा ठूलाठूला चट्टान भएकाले त्यसलाई नफोड्दासम्म पहिरो हटाउन समस्या भएको छ । “धेरै अनि ठूला ढङ्गा बजारमै झरेकाले सावधानीपूर्वक फोड्ने कार्य भइरहेको छ”, प्रवक्ता अधिकारीले भने, “निरन्तरको वर्षा र सोही ठाउँभन्दा माथिको ढिस्को चर्किएर बसेको हुँदा सम्भावित घटना घट्न नदिनका लागि सचेतना अपनाइएको छ ।”

स्याङ्जा जिल्लाभित्र सिद्धार्थ राजमार्गका अन्य ठाउँमा गएका पहिरो पन्छ्याइएको छ । जिल्लाभित्र राजमार्गको अन्य भागमा यातायात सञ्चालनमा रहेतापनि राम्दीमा झण्डै १८ घण्टादेखि अवरुद्ध भएकाले उक्त मार्ग भएर तत्काल यात्रामा ननिस्कन प्रहरी प्रवक्ता अधिकारीले सुझाव दिनुभयो । पानी आइरहेकाले तत्काल सडक सञ्चालनमा आउन नसक्ने र समय लाग्ने भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि हिजोदेखि नै सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र छन् । सोही पहिरोमा परी स्याङ्जाको वालिङ १४ की धनमाया उम्राको पुरिएर मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका थिए भने स्थानीयवासीका तीन वटा घरमा पूर्ण क्षति पुगेको थियो । रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ५९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको