के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ? | Khabarhub Khabarhub

के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ?

नेपालीहरुको उद्धारका लागि आवश्यक गृहकार्य भइरहेको छ : परराष्ट्र


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिबानको कब्जापछि राजनीतिक उथलपुथल भएको अफगानिस्तानबाट विदेशी र अफगानी नागरिकहरुले काबुल छाडिरहेका छन् । अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किने भएपछि अफगानिस्तान छाड्न चाहने अफगानी र विदेशी नागरिकको उद्धार कसरी हुन्छ भन्ने चासो बढेको छ ।

१५ अगस्टमा तालिबानले राजधानी काबुलमा कब्जा जमाएपछि विदेशी तथा अफगानीहरु भागिरहेको काबुल विमानस्थलको दर्दनाक दृश्यहरु देखिएका थिए । अहिले पनि काबुल विमानस्थलबाट दैनिक हजारौं मानिसहरुले अफगानिस्तान छाडिरहेका छन् ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरुको पनि उद्धार भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म करिब ८ सय नेपालीको उद्धार गरिएको छ । अझै काबुलमा ३४ नेपालीहरुले उद्धार पर्खिरहेका छन् । उनीहरुको उद्धारका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खबरहबसँग भनिन्, ‘उद्धारको पर्खाइमा रहेका नेपालीहरुलाई उद्धारका लागि आवश्यक गृह कार्य भइरहेको छ । ३१ अगस्टपछिको अवस्थाबारे पनि हामी सचेत छौं । त्यसै अनुसार काम भइरहेको छ ।’ उनका अनुसार अब अफगानिस्तानबाट उद्धार गर्न ३४ जनामात्र नेपाली बाँकी छन् । अरु थप नेपालीहरुले अफगानिस्तानबाट उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग कुनै सम्पर्क गरेका छैनन् ।

बीबीसीका अनुसार बेलायतलगायत संसारका करिब एक सय मुलुकहरुले तालिबानले आफूहरुसँग ३१ अगस्टपछि पनि अफगानिस्तान छाड्न विदेशी नागरिकलाई अनुमति दिने बताएको जनाएका छन् ।

अहिले मंगरबारपछि के तालिबानले आफूले गरेको बाचाअनुसार विदेशी नागरिकलाई अफगानिस्तान छाड्न अनुमति दिन्छ कि दिँदैन भन्ने सबैतिर चासो बढेको छ ।

बीबीसीले पीए समाचार एजेन्सीलाई उदृत गर्दै बेलायतका विदेशमन्त्री डोमिनक राबले जी–७, नेटो, कतार र टर्कीका अधिकारीहरुसँग बैठक गर्ने जनाएको छ । जी– ७ को सम्मेलनमा बेलायती विदेशमन्त्रीले बेलायतको अवस्थाबारे जानकारी दिने छन् । बीबीसीका अनुसार तालिबानले मानवअधिकार सम्बन्धित आफ्नो प्रतिवतिवद्धतामा अडिग रहनुपर्ने बेलायतले जोड दिने छ ।

अहिले विदेशी तथा अफगानी नागरिकहरुले अफगानिस्तान छाड्न प्रयोग गरिरहेको काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । ३१ अगस्टपछि सो विमानस्थल कसको नियन्त्रणमा हुन्छ भन्ने सबैभन्दा चासोको विषय बनेको छ । अफगानिस्तानबाट बाहिरिन काबुल विमानस्थल एकमात्र बाटो हो ।

अमेरिकी सेना फर्किने दिन नजिकिएसँगै काबुलको अवस्था तनावग्रस्त बनिरहेको छ । सोमबार बिहानमात्र विमानस्थललाई निशाना बनाएर पाँचवटा रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ०६ बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज