माधव नेपालले धोका दिएको प्रदीप नेपालको भनाइ, समाजवादीमा नरहेन संकेत « Khabarhub

माधव नेपालले धोका दिएको प्रदीप नेपालको भनाइ, समाजवादीमा नरहेन संकेत


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन हुँदा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिनुपर्ने भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै धोका उपहार लिएर जानुपर्ने भो भनेका छन् । उनले आफू ओलीसँग पनि जान नसक्ने बताएका छन् । तर जबज नभए आफ्नो नाम नलेख्न भने पनि माधवकुमार नेपालले झेली कुरा गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : २५ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ