दिलीप कुमार पत्नी सायरा आइसियूमा | Khabarhub Khabarhub

दिलीप कुमार पत्नी सायरा आइसियूमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता दिलीप कुमारको निधन पछि उनको छायाका रुपमा रहेकी सायरा बानोको स्वास्थ्यमा समस्या देखिएको छ । दिलीपको निधन पछिको शोकले सायराको शरीर अस्वस्थ बनेको हो । उनी तीन दिनदेखि हिन्दुजा अस्पतालमा उपचाररत छिन् ।

चिकित्सकका अनुसार उनको रक्तचाप सामान्य छैन र अक्सिजन लेभल पनि कम भइरहेको छ । जसकारण उनलाई श्वास लिन समस्या भएको छ । उनी आइसियूमा उपचाररत छिन् । उनी अझै केहीदिनसम्म अस्पतालमा नै हुनेछिन् ।

परिवारका सदस्यका अनुसार दिलीपको निधन पछि सायराको स्वास्थ्यमा दैनिक समस्या आइरहेको छ । दिलीपको निधन पछि न उनी कसैसँग भेट्छिन् न त बोल्छिन् नै । ‘सायराको सारा विश्व नै दिलीब साहब हुनुहुन्थ्यो । अहिले उहाँ नै नरहेपछि सायराको स्वास्थ्यमा ठूलो असर परेको छ,’ परिवारका एक सदस्यले भनेका छन् ।

अभिनेता दिलीपको गत जुलाई ७ मा ९८ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको थियो । सायरा आफ्नो अभिनय र सुन्दरताका कारण फिल्मकर्मीदेखि दर्शकको मनमा बस्न सफल अभिनेत्रीका रुपमा चिनिन्छिन् ।

सायराले १७ वर्षको उमेरमा बलिउडमा पाइला चालेकी थिइन् । उनले सन् १९६१ मा शम्मी कपूरका साथ फिल्म ‘जंगली’बाट अभिनय सुरु गरिन् । उनले आफूलाई रोमान्टिक हिरोइनको छवि बनाएकी थिइन् ।

सन् ६० देखि ७० को दशकमा सायरा बलिउडको सफल अभिनेत्री थिइन् । उनी फिल्मसँगै अभिनेता दिलीप कुमारसँगको सम्बन्धले पनि चर्चामा आइन् ।

दिलीप र सायराको प्रेम हुँदा दिलीप ४४ र सायरा २२ वर्षका थिए । उनीहरुले सन् १९६६ मा विवाह गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ११ बजे

सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई

काठमाडौं– संविधान दिवसको अवसरमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको सम्झना अनेरास्ववियुले दीप

दशैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

मुस्ताङ– दशैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

भैरहवा–  खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु

जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

दोलखा– जिल्लाको जिरी नगरपालिकामा जंगली जनावर भालु आतङ्क दैनिक बढ्न