‘बिग बोस’ विजेता सिद्धार्थको निधन « Khabarhub

‘बिग बोस’ विजेता सिद्धार्थको निधन


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतीय टेलिभिजनका अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार बिहान ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले अन्तिम श्वास फेरेका थिए ।

सिद्धार्थको लोकप्रियता टेलिभिजन सिरियल ‘बालिका बधु’बाट चुलिएको थियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनी ‘दिल से दिल तक’ सिरियलमा पनि देखिएका थिए ।

उनले बलिउडमा ‘हम्प्टी शर्माकी दुल्हनिया’बाट डेब्यू गरेका थिए । उनले ‘बिग बोस १३’बाट बढी लोकप्रियता पाए । यो शोमा पञ्जाबी अभिनेत्री शहनाज गिलसँगको उनको जोडी निकै रुचाइएको थियो । दुवैजना हालैमात्र ‘बिग बोस ओटीटी’ पनि देखिएका थिए ।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए । उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए । उनको जन्म १९८० डिसेम्बर १२ मा मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो । आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ०७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप