अफगानिस्तानमा आजै नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी « Khabarhub

अफगानिस्तानमा आजै नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबलु– अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । बीबीसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जालमा सो जानकारी दिएका छन् ।

तालिबानका वरिष्ठ अधिकारीहरुले केही दिनपहिला अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद् गठन हुन सक्ने बताएका थिए ।

मुल्ला हिब्तुल्लाका तीनजना उपप्रमुख छन् । तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलाभी याकूब, हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्य एक अब्दुल गनी बरादर उपप्रमुख हुन् ।

गत अगस्ट १५ मा तालिबानले काबुललाई कब्जामा लिएको थियो । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किसकेको छ । विगत १५ दिनयता अफगानिस्तान तालिबानको नियन्त्रणमा रहे पनि नयाँ सरकार भने बनाइएको छैन । (एजेन्सी)

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ०९ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का