नेपालका बालबालिकाहरुको सहयोगका लागि अमेरिकामा चित्रकला प्रदर्शनी « Khabarhub

नेपालका बालबालिकाहरुको सहयोगका लागि अमेरिकामा चित्रकला प्रदर्शनी


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका बालबालिकाहरुको सहयोगका लागि इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी शुरु गरिएको छ ।

भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपालका किरण चित्रकारले तयार पारेका ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिने छ । युगाण्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ ।

आयोजक संस्थाका कार्यकारी निर्देशक तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीका अनुुसार चित्रकलाको बिक्रीबाट आएको रकम पिकु र नेपाल कोरिया फ्रेण्डशीप म्युनिसियल अस्पतालको सहयोगमा निर्मित अस्पतालको बाल उपचार सघन कक्ष निर्माणका लागि सहयोग गरिने छ ।

पूर्वराजदूत डेलिसीको प्रयासमा सन् २०१५ को डिसेम्बरमा स्थापना भएको इन्गेज नेपालले नेपालमा विभिन्न १६ वटा आयोजना सञ्चालनमा ल्याएको छ । अमेरिकामा स्थापित संस्थाले कोरोना महामारीका बेलामा समेत आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो ।

सन् २०२१ मा संस्थाले दुई लाख ११ हजार डलर बराबरको सहयोग गरिसकेको छ । आफ्नो अवकाश जीवन व्यतित गरिरहनुभएका डेलिसीले नेपाल केन्द्रित भएर सहयोग गर्दै आएको छ ।

पूर्वराजदूत डेलेसीले भने, “मैले दशकौँ वर्ष राज्यको अङ्गमा बसेर सेवा गरेँ, मेरो जीवनमा नेपाल र नेपाली जनतासँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेलेको छ । खासगरी नेपालीको हार्दिकता र आत्मीय भावले उनीहरुको साझा चुनौतीलाई हातेमालो गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ ।”

नेपाली बालबालिकाका लागि जटिल प्रकृतिको रोग निराकरण गर्न सघन उपचार कक्ष अतिआवश्यक विषय हो । एक तथ्याङ्कअनुसार नेपालमा रहेका करिब ९० लाख बालबालिकाका लागि नेपालभरि जम्मा ९३ वटा सघन उपचार कक्ष रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ०१ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने