खोप लगाएका नेपालीले आइतबारदेखि आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्न नपर्ने « Khabarhub

खोप लगाएका नेपालीले आइतबारदेखि आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्न नपर्ने


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कोरोना बिरुद्धको खोप लगाएका नेपालीले यूएइको आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्नु पर्ने नियम हटाएको छ ।

अबुधाबीको कोरोना नियन्त्रण सम्बन्धि बनेको आपतकालिन, संकट तथा प्रकोप व्यवस्थापन समितिका अनुसार आइतबार देखि पूर्ण खोप लगाएका यात्रुले यूएईको आबुधाबी प्रवेश गर्ने यात्रुले क्वारेन्टाइन बस्न नपर्ने जनाएको छ ।

यसघिको क्वारेन्टाइन बस्नुपर्ने निति परिवर्तन गर्दै नयाँ मापदण्ड जारी गरी पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय उडानमार्फत अबुधाबी प्रवेश गर्ने सबै यात्रुका लागि क्वारेन्टाइन बस्न नपर्ने नियम ल्याइएको व्यवस्थापन समितिलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

पूर्ण खोप लगाएका तथा यूएईले ग्रिन लिष्टमा राखेका देशबाट प्रवेश गर्ने यात्रुले ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गर्नु पर्ने छ भने त्यहाँ पुग्ने बित्तिकै पीसीआर परीक्षण पर्नेछ । त्यसपछि ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ र रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तब्य जान पाइने छ ।

ग्रिन लिष्ट बाहेक अन्य देशबाट प्रवेश गर्ने यात्रुले पनि ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ प्रमाणपत्र देखाउन पर्नेछ । त्यहाँ पुगेपछि पीसीआर परीक्षण गर्नु पर्नेछ भने त्यसपछि पुन: चौथो र आठौं दिनमा पनि पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको खण्डमा गन्तब्यमा जान दिइनेछ ।

खोप नलगाएका देशहरुबाट प्रवेश गर्ने यात्रुको हकमा भने ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट सहित त्यहाँ पुगेपछि १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नु पर्ने जनाएको छ । युएईले मान्यता दिएको खोपलाई ध्यान दिन समेत व्यवस्थापन समिति भनेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ०९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार