तालिबानबारे बोल्दा विवादमा तानिए नसीरुद्दीन « Khabarhub

तालिबानबारे बोल्दा विवादमा तानिए नसीरुद्दीन


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता नसीरुद्दीन शाहले तालिबानको विषयलाई लिएर बोल्दा विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा कैयौंले उनको समर्थन र आलोचना गरेका छन् ।

एक भिडियोमा शाहले ती मुसलमानको निन्दा गरिरहेका छन्, जो तालिबानको विजयको खुशी मनाइरहेका छन् । उनले यो गलत नजिर बसाईरहेको उल्लेख गरेका छन् ।

उनले भारतीय इस्लामको तुलना विश्वको दोस्रो हिस्सामा रहेको इस्लामी परम्परासँग गरेका छन् । उनको यो भनाईले कैयौं मुसलमान दुःखी छन् र शाहले आफूहरुलाई गलत तरिकाबाट तुलना गरेको उनीहरुको आरोप छ । सत्तारुढ भारतीय जनता पाटी(बीजेपी)का कैयौं समर्थकले शाहको समर्थन गरेका छन् ।

उर्दू भाषामा बोल्दै ७१ वर्षका शाहले तालिबानको सफलताको विजय मनाइरहेका प्रश्न सोधेका छन् । ‘उनीहरुलाई परिवर्तन चाहिन्छ, आधुनिक इस्लाम चाहिन्छ या बितेका दशकको बर्बरतासँग बस्न चाहन्छन् । यो प्रश्न आफैंलाई सोध्नुपर्छ’ नसीरुद्दीनले भनेका छन् ।

तालिबानले सन् १९९६ र २००१को बीच अफगानिस्तानलाई नियन्त्रण गर्दै इस्लामी कानूनलाई अनिवार्य रुपमा लागु गराएको थियो । त्यो समयमा मानिसहरुलाई सार्वजनिक रुपमा फाँसी दिइयो र महिलाहरुलाई विद्यालय र काममा जान प्रतिबन्ध लगाइएको थियो ।

शाहले हिन्दुस्तानी या भारतीय इस्लाम जहिल्यै विश्वका अन्य इस्लामको तुलनामा अलग रहेको बताएका छन् । ‘भगवानले त्यो समय नल्याउन कि हामी परिवर्तन भएर यसलाई पहिचान गर्न नै बिर्सौ’, उनले भनेका छन् ।

पत्रकार सबा नकवीले अभिनेताको भनाईलाई एक फसाउने जालको प्रतिक्रिया दिएका छन् । अर्का पत्रकार र टिप्पणीकार आदित्य मेननले शाहको बयान ‘अनावश्यक’ र ‘दुर्भावनापूर्ण’ भनेका छन् ।

आलोचकले भारतको २० करोड मुसलमानको अवस्थालाई लिएर पटक पटक चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरुले सन् २०१४ देखि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका कारण मुसलमानको स्थिति खराब हुँदै गएको आरोप लगाएका छन् ।

यद्यपि बीजेपी सरकारका समर्थक, फिल्म निर्माता विवेक अग्निहोत्रीले ‘अमानवीय र बर्बर तालिबान’का विरुद्ध बोल्ने शाहको तारिफ गरेका छन् ।

सन् २००१ मा अमेरिकी सेनाले तालिबानलाई अफगानिस्तानबाट निकालेका थिए । तर यो वर्ष एक सम्झौतापछि अमेरिका र अन्य देशका सेनाले अफगानिस्तान छोड्ने निर्णय लिएका थिए । यसपछि अगष्ट १५ मा तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : १२ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका