विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज « Khabarhub

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बिहीबार दिवंगत बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ । ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो ।

उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ३९ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा