विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज « Khabarhub

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बिहीबार दिवंगत बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ । ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो ।

उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ३९ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप