ताप्लेजुङका नौ जनप्रतिनिधिले त्यागे एमाले | Khabarhub Khabarhub

ताप्लेजुङका नौ जनप्रतिनिधिले त्यागे एमाले


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका नौ जनप्रतिनिधिले नेपाका एमाले पार्टी परित्याग गरेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली र एक जना वडाध्यक्षसहित नौ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडासदस्यहरू मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजिन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइली रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उनीहरूले नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले ताप्लेजुङमा अझै केही जनप्रतिनिधिले एमाले पार्टी छोडेर आफ्नो पार्टीमा सनाखत गर्ने एकीकृत समाजवादीको दाबी छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ०६ बजे

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश

भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

सिरहा – भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा