काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित) | Khabarhub Khabarhub

काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ वर्षाले एक सयभन्दा बढी स्थानमा डुबान भएको छ । भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते, मनहोरा खोलालगायतका तटीय क्षेत्रमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ ।

काठमाडौँको अनामनगर, रातोपुल, कालोपुल, बल्खुलगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केही साना गाडी  बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

यस्तै टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पती चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी, काँडाघारीलगायतका क्षेत्र डुबानमा परेपछि उद्धारमा प्रहरी खटाइएको छ  ।

 

सोमबार बिहान ८ बजेसम्म ३८५ घरधुरी डुबानमा परेको सूचना आएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए ।

ठाउँठाउँमा डुबान र बाढीको सूचना प्राप्त भएपछि राति नै एक सयभन्दा बढी ठाउँमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

हेर्नुहोस् भडियो

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ३१ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो