रानू मण्डलको बायोपिक तयारी | Khabarhub Khabarhub

रानू मण्डलको बायोपिक तयारी


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सामाजिक सञ्जालमा आफ्नो स्वर स्वर रहेको भिडियो सार्वजनिक भएपछि रातारात स्टार बनेकी रानू मण्डलको कथा अब फिल्मको पर्दामा उतारिने भएको छ । उनको बायोपिकको नाम ‘मिस रानू मारिया’ हुनेछ ।

फिल्मको निर्देशन ऋषिकेश मण्डलले गर्नेछन् । फिल्ममा रानूको भूमिका इशिका डेले गर्नेछिन् । इशिकाले कैयौं बंगाली र हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।

रानूले लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी भारतभर चिनिएकी थिइन् । त्यसपछि उनलाई संगीतकार हिमेश रेशमियाले आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा एक गीतको प्रस्ताव गरेका थिए ।

यद्यपि हिमेशको एक मौकापछि रानू फेरी गायब भइन् । रानूको बायोपिक फिल्म बंगाली भाषामा मात्र रिलिज हुने कुरा भए पनि निर्माताले फिल्मलाई हिन्दी भाषामा पनि बनाउने निर्णय लिएका छन् । यसका लागि निर्माताले हिमेशलाई प्रस्ताव गरेका छन् ।

रानूको भूमिका निभाउन लागेकी इशिकाले रानूको जीवन यात्रा रोचक र उतारचढावपूर्ण भएकाले आफ्ना लागि यो चरित्र चुनौतिपूर्ण रहेको बताइन् ।

इशिकालाई रानूको लुक्समा आउन निकै मेहनत गर्नु परेको छ । उनले दुई महिनामा १० किलो तौल घटाएकी छन् । रानूले १२ वर्षसम्म रेल्वे स्टेसनमा मागेर गुजारा गरेकाले त्यो चरित्र आफ्ना लागि चुनौतिपूर्ण रहेको इशिकाले खुलाइन् ।

इशिकाले हालसम्म रानूलाई भेटेकी छैनन् । उनकी उनी कोलकातामा छिन् । यद्यपि उनी चाँडै नै रानूसँग भर्चुअली कुराकानी गर्नेछिन् । फिल्मको सुटिङ नोभेम्बरमा कोलकाताबाट सुरु हुनेछ । फिल्म सन् २०२२ को मार्च–अप्रिलमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : १४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका