सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना शुरु « Khabarhub

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना शुरु


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन्। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरुबमोजिम फरक-फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ। यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ३० बजे

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी