लडेर २ जनाको मृत्यु « Khabarhub

लडेर २ जनाको मृत्यु


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुली र सिरहामा लडेर २ जनाको मृत्यु भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सिरहा, लहान नगरपालिका-१७ बलानशेर बस्ने ६० वर्षीय खुशिया सदायको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । धनगढिमाई नगरपालिका-१० बाबुराम पुलस्थित सडकमा पैदल हिँडदै गरेकी उनी अचानक सडक छेउमा लड्दा घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ३२ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा