एमालेले बोलायो संसदीय दलको बैठक « Khabarhub

एमालेले बोलायो संसदीय दलको बैठक


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि (बुधबार) बिहान ९ बजेलाई बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचिब तामाङले जानकारी दिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासित आक्रोशित छ भने सत्ता गठबन्धन दलले नेकपा एमाले विभाजन गर्नकै लागि राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्दै आइरहेको छ।

एमालेको उक्त प्रतिक्रिया संसद बैठक सुचारु हुन नदिने संकेत देखिएको छ ।

गत साउन ३२ गते सरकारले संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ३२ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको