मृत भेटिए ‘द वायर’ अभिनेता माइकल « Khabarhub

मृत भेटिए ‘द वायर’ अभिनेता माइकल


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– हलिउड अभिनेता माइकल के विलियम्स न्यूयोर्कस्थित ब्रुकलिन पेन्ट हाउस अपार्टमेन्टमा मृत भेटिएका छन् । उनी ५४ वर्षका थिए ।

न्यूयोर्क सिटी पुलिसले उनको शव बरामद गरेपछि उनको के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान सुरु गरेको छ ।

न्यूयोर्क प्रहरी विभागका प्रवक्ता लेफ्टिनेन्ट जोन ग्रिम्पेलले विलियम्स आफ्नो अर्पाटमेन्टमा दिउँसो दुई बजे इमरजेन्सी अपरेटरलाई फोन गरेपछि मृत भेटिएको बताए ।

घटनास्थलको अध्ययन गरेपछि प्रहरीले माइकलको निधन लागुऔषधको ओभरडोजबाट भएको हुनसक्ने अनुमान लगाएको छ ।

माइकल आफ्नो टेलिभिजन शो ‘द वायर’का लागि निकै लोकप्रिय थिए । यो शोमा उनले उमर लिटिलको भूमिका निर्वाह गरेका थिए । शोमा उनी एक यस्ता अपराधीको चरित्रमा थिए, जसको स्ट्रिक्ट मोरल कोड थियो ।

उनी एचबीओ सिरिज ‘बोर्डवाक एम्पायर’ र ‘लवक्राफ्ट कन्ट्री’ र फिल्ममा ‘१२ इयर्स ए स्लेव’, ‘असेसिन्स क्रीड’ र ‘गोन बेबी गोन’ जस्ता हिट फिल्मका हिस्सा थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ५० बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा