सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ ।

०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा एमाले र जसपा फुटेपछि दलको संख्या ६ पुगेको हो ।

हाल प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व रहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका ११ तथा जसपा र लोसपाका एक/एकजना प्रदेशसभा सदस्य छन् । एमालेबाट निर्वाचित अर्जुनबहादुर सिंह सभामुख छन् भने माओवादीबाट एमाले प्रवेश गरेका पूर्वअर्थमन्त्री झपड बोहरा कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ०० बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने