अभिनेता रजतविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता « Khabarhub

अभिनेता रजतविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता भएको छ । उनीविरुद्ध मुम्बईको डीएन नगर पुलिस स्टेसनमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपसहित उजुरी परेको हो ।

रजतले ‘मचाए शोर’, ‘कोई मिल गया’, ‘पार्टनर’ र ‘अक्सर’ सहित कैयौं फिल्ममा अभिनय गरेका छन् । समाचारअनुसार रजतले अँधेरीमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएका थिए ।

ठक्कर दिएपछि रजतले घाइते व्यक्तिलाई उपचारका लागि कुपर अस्पताल पुर्याएर भर्ना गराएका थिए । अभिनेताले पीडितको परिवारलाई घाइतेको उपचार गर्ने आश्वासन दिएका थिए । तर अस्पतालमा भर्ना गरेपछि उनी फर्किएर आएनन् ।

त्यसपछि पीडितको परिवारले अभिनेताविरुद्ध डीएन नगर पुलिस स्टेसनमा उजुरी दर्ता गरेका हुन् । यो घटना मंगलबार बिहान करिब साढे ६ बजेको समयमा शीतला देवी मन्दिरमा भएको थियो । जतिबेला रजत आफ्नो घर गइरहेका थिए । उनको कारबाट घाइते हुने व्यक्तिको नाम राजेश बुध हो, जो ४० वर्षका छन् ।

राजत हालका दिनमा फिल्मबाट टाढिएका छन् । यद्यपि उनले कैयौं ठूला स्टारका साथ अभिनय गरेर बलिउडमा आफ्नो विशेष स्थान बनाएका थिए । उनले बलिउडमा आफ्नो करियरको सुरुवात सन् १९९८ को फिल्म ‘साल २००१’बाट गरेका थिए । उनी फिल्ममा भिलेन चरित्रमा लोकप्रिय थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ५२ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका