नयाँ निर्देशकसँग सहकार्य नगर्ने राम चरणको घोषणा | Khabarhub Khabarhub

नयाँ निर्देशकसँग सहकार्य नगर्ने राम चरणको घोषणा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता राम चरण दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता हुन् । अभिनेताका अलावा उनी फिल्म निर्माता पनि हुन् । त्यहीकारण कसको फिल्मले कस्तो व्यापार गरेको छ र कुन निर्माताको फिल्म दर्शकका लागि रुचीकर छ भन्ने कुरामा उनी जानकार छन् ।

अभिनेता अल्लु अर्जुनले निर्माण गरेको फिल्म ‘ना पेरु सुर्या’ बक्सअफिसमा फ्लप भएपछि राम चरण झस्किएका छन् । किनकी यो फिल्मका निर्देशक नयाँ थिए ।

यो फिल्मका निर्देशक बाहेक अन्य नयाँ निर्देशकका फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन् । नयाँ निर्देशक फिल्ममा असफल भएको देखेपछि राम चरणले नयाँ निर्देशकसँग सहकार्य नगर्ने घोषणा गरेका छन् ।

उनका अभिनेता चिरञ्जीवीले पनि नयाँ निर्देशकको रिमेक फिल्ममा अभिनय नगर्न सुझाव दिएका छन् । यही सुझावलाई शिरोपर गर्दै राम चरणले नयाँ निर्देशकसँग काम नगर्ने निर्णय लिएका हुन् ।

राम चरण फिल्म ‘बाहुबली’ निर्माता तथा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा जुनियर एनटीआर, आलिया भट्ट र अजय देवगनका साथ देखिँदैछन् ।

फिल्मको रिलिज मिति कोभिड महामारीका कारण सारिएको छ । फिल्म सन् २०२० को जुलाई ३० मा रिलिज हुने पूर्वनिर्धारित मिति भए पनि अब यो फिल्म सन् २०२१ को अक्टोबर १३ मा रिलिज गर्न सारिएको थियो । तर अब यो मितिबाट पनि फिल्म सन् २०२२ को जनवरीमा पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : २६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ