भीम रावलको गृह जिल्ला अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत « Khabarhub

भीम रावलको गृह जिल्ला अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा २७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद, साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नम्बर-३ गगुडका अध्यक्ष रामबहादुर साउँद, वडा नम्बर-४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्दप्रकास थारुले जानकारी दिए।

यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ति वोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, नौ जना खुल्ला सदस्य, पाँच जना दलित सदस्य र पाँच जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिए।

अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमा आज सकिएको छ ।

अछाम नेकपा एसका अध्यक्ष माधव नेपाललाई साथ दिँदा दिँदै अन्तिम समयमा एमाले अध्यक्ष ओली पक्षमा लागेका भीम रावलको गृह जिल्ला हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ३१ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा