आजबाट संसद् अधिवेशन, यी हुन् सम्भावित कार्यसूची « Khabarhub

आजबाट संसद् अधिवेशन, यी हुन् सम्भावित कार्यसूची


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका दुवै सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।

१९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ ।

जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।

प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ। यसअघिको अधिवेशन ३ साउनमा शुरु भएको थियो भने सोही ३२ गते अन्त्य भएको थियो।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ०९ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने