आज संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाको विरोध « Khabarhub

आज संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाको विरोध


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बुधबार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जुन आजदेखि शुरु हुने संघीय संसदका दुबै सदनमा प्रस्तुत हुने देखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ