आज संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाको विरोध « Khabarhub

आज संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाको विरोध


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बुधबार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जुन आजदेखि शुरु हुने संघीय संसदका दुबै सदनमा प्रस्तुत हुने देखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४१ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा