एक लाखमा फार्मेसी डिप्लोमाको सर्टिफिकेट ! « Khabarhub

एक लाखमा फार्मेसी डिप्लोमाको सर्टिफिकेट !


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली मेडिकल डकुमेन्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो ।

नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको केसीमाथि आरोप छ ।

ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको खुलेको जानकारी दिइन् ।

सक्कली सर्टिफिकेटधारी चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै नाममा बनेको भेटाएपछि परिसरमा उजुरी गरेको आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले बताइन् ।

‘प्रारम्भिक अनुसन्धान अनुसार एक सर्टिफिकेट बनाएको न्यूनतम् एक लाख रुपैयाँ सम्म लिने गरेको खुलेको छ,’ बज्राचार्यले भनिन्, ‘एक्लैले यस्तो कामै गर्न सक्दैन, यसमा थुप्रै मानिसहरूको संलग्नता रहको आशंका छ ।’

केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूज कारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : २२ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम