अभिनेत्री अलंकृतालाई बन्धक बनाएर लुटपाट | Khabarhub Khabarhub

अभिनेत्री अलंकृतालाई बन्धक बनाएर लुटपाट


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई लुटेराको एक समूहले घरमा बन्धक बनाएर नगद लुटेका छन् । उनको चण्डीगढको सेक्टर–२७ को घरमा मंगलबार दिउँसो १२ बजेको समयमा तीन लुटेरा पसेर चक्कु देखाउदै साढे ५ लाख रुपैंयाँ लुटेका हुन् ।

पैसा लुट्नु अघि लुटेराले अभिनेत्रीलाई बन्धक बनाएका थिए । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा संकलन गरेपछि घरको छतबाट भागेका थिए ।

लुटेराले उनलाई घरको बाथरुममा बन्धक बनाएका थिए । लुटेराले उनलाई एटीएम र एटीएमको पिन पनि मागेको थियो । त्यसपछि एटीएमको माध्यमबाट लुटेराले ५० हजार रुपैंयाँ निकालेका थिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

अलंकृता सन् २०१४ को ‘मिस इण्डिया अर्थ’ विजेता हुन् । उनी सेक्टर २७ मा एक लेफ्टिनेन्ट कर्णेलको घरको दोस्रो तलामा बस्छिन् । उनी नयाँदिल्लीमा बस्ने भए पनि एक महिना अघि चण्डीगढमा सरेकी थिइन् ।

पञ्जाबी म्यूजिक भिडियोमा अभिनयका लागि उनी चण्डीगढ आएकी थिइन् । प्रहरीले उनको कोठाको सिढीमा राखिएको सीसीटीभी फुटेजका आधारमा लुटेराको पहिचान गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ