खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु « Khabarhub

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु


२४ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन् । अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर गहिरो खाल्डोमा परी मृत्यु भएका दुई जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ । घाइते तथा मृतकको परिचय खुलाइएको छैन ।

घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए ।

गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको भएको थियो ।

तस्वीर : आइमान माट

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ६ : २५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई