स्कोलर्स बास्केट बल शुक्रबारदेखि | Khabarhub Khabarhub

स्कोलर्स बास्केट बल शुक्रबारदेखि


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केट बल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ र गर्ल्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गर्ल्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ ।

ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोस्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दीप बराइलीले जानकारी दिए । गर्ल्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुइदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : ५७ बजे

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी– रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज