विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ « Khabarhub

विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ ।

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच आज काठमाडौँको नागढुङ्गाबाट झण्डै दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट शङ्कास्पदरूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुङ्गा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।

यसैबीच धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ११ लाखसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : ५९ बजे

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा