मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी | Khabarhub Khabarhub

मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद(आजतक)– पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लाहोरको ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुटिङ गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

सबा र गायक बिलाल सईद अदालतको कुनै पनि सुनुवाईमा उपस्थित नभएपछि लाहोरको मजिस्ट्रियल कोर्टले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुविरुद्धको सुनुवाई अक्टोबर ६ सम्मका लागि स्थगित गरेको छ ।

लाहोर प्रहरीले गत वर्ष सबा र बिलालविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्धा दर्ता गराएको थियो । सबा र बिलालमाथि डान्स भिडियो खिचेर लाहोरको मस्जिद वजीर खानलाई अपवित्र बनाएको आरोप लागेको हो । पञ्जाब सरकारले मस्जिदको पवित्रताको उल्लंघनको मामलामा दुई वरिष्ठ अधिकारीलाई वर्खास्त गरेको थियो ।

उनीहरुको भिडियोका कारण विवाद बढ्दै गएपछि सबा र बिलालले माफी पनि मागेका थिए । सबाले एक विवाहको दृश्यको छायांकन गरिएको र त्यसमा कुनै संगीतको प्रयोग नगरिएको दाबी गरेकी थिइन् ।

सबाले बलिउड फिल्ममा पनि काम गरेकी छन् । उनी इरफान खानका साथ फिल्म ‘हिन्दी मिडियम’मा अभिनय गरेकी थिइन् । उनको अभिनयको निकै प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ३४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच