सामन्था र नागाको वैवाहिक सम्बन्ध संकटमा | Khabarhub Khabarhub

सामन्था र नागाको वैवाहिक सम्बन्ध संकटमा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दक्षिण भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्ध संकटमा परेको छ । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा चिनिन्छन् ।

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ । नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहन्नँन् ।

उनीहरुले आफूहरुबीचको मतभेदलाई समाधान गर्न म्यारिज काउन्सलरसँग भेट गरेको जनाइएको छ । उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।

विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।

नागासँग विवाह हुनुअघि सामन्था ‘रंग दे बसन्ती’ अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् । उनीहरु विवाहको तयारीमा रहेको बेला अचानक सम्बन्धमा दरार आएको थियो ।

सामन्था सिद्धार्थलाई लिएर निकै गम्भीर थिइन् । तर सम्बन्ध टुटेपछि उनले नागासँग विवाह गरिन् । उनीहरुको विवाह निकै धुमधामका साथ भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : १४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच